२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


साफ च्याम्पियनसिपमा ७ टोलीलाई दुई समूहमा विभाजन


2.262k
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन भएकाे सार्वजनिक गरेको छ ।

आज (शनिबार) सार्वजनिक गरिएको समूह विभाजनमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेकाे साफले जनाएकाे छ । नेपाल सहज मानिएको समूह ’बी’ मा परेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् ।

समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । बन्द प्रशिक्षण साफको तयारीका लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेकाे मुख्य प्रशिक्षक कुमार थापाले बताएका छन् । पशिक्षणमा ५८ खेलाडी सहभागी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप आगामी भदौ २१ देखि असोज ३ गतेसम्म हुने भएकाे छ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।