काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान मिल्ने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ ।
गृह मन्त्रालयले आजदेखि लागु हुनेगरी अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी गरेको एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गर्ने निर्णय गरेको हो ।
त्यसपछि नयाँ पास वितरण जिल्ला प्रशासन कार्यालयले गर्ने भएको छ । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन ।
यसैबीच देशभर सञ्चालनमा आएका सवारीसाधनहरुका चेकजाँच कडाई गरिएको छ । काठमाडौंमा सवारी पासको दूरुपयोग गर्ने दर्जनौ सवारी साधनलाई कारबाही गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्