बझाङ । समयमै परीक्षण नगरे भारतबाट फर्की बझाङको क्वारेनटाइनमा बसेकाहरु परीक्षणविना नै घर फर्कने बताएका छन् ।
भारतका विभिन्न क्वारेनटाइनमा बसी फर्किएका उनीहरुले बझाङमा १६ दिन क्वारेनटाइनमा बसेपछि घर फर्कने बताएका हुन् ।
खेतबारीमा लगाएको अन्नबाली भित्र्याउने समयमा क्वारेन्टाइनमा बसेपछि उब्जनी नभएर आफूहरुलाई अफ्ठेरो पर्ने बताएका छन् ।
हाल भारत तथा बाहिरी जिल्लाबाट आएका जिल्लाका १२ वटै स्थानीयका क्वारेन्टाइनहरुमा ५ सय ३२ जना रहेका छन् ।
यता किट अभावका कारण उनीहरुको परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्