२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मधेशका किसानले खेती गर्न नपाएर ऋण लाग्याे: सांसद समिना


286
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) की सांसद समिना हुसेनले मधेशका किसानले खेती गर्न नपाएर ऋण लागेको उल्लेख गर्नुभएकाे छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उहाँले कृषि विकास बैंकबाट किसानले लिएको ऋण तथा व्याज मिनाहा गरिदिन सरकारसँग आग्रह गर्नुभएकाे हाे ।

उहाँले तराई मधेशमा महिला हिंसाको घटना बढिरहेको भएपनि प्रहरी प्रशासनले चासो नदेखाएको बताउनुभयो ।

उहाँले महिला हिंसा गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग समेत गर्नुभयो ।