काठमाडौं, वैशाख ३१ । सरकारको अक्षमताका कारण कोरोना परीक्षणको दायरा बढ्न नसकेको आरोप नेपाली कांग्रेसले लगाएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अदूरदर्शीता र अक्षमताका कारण परीक्षणको दायरा बढ्न नसकेको आरोप लगाए ।
उनले सांसद विकास कोष खारेज गर्नुपर्ने भन्दै कोषको रकम कोरोना उपचारमा लगानी गर्न सकिने सुझावसमेत दिए ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई आग्रहसमेत कांग्रेसले गरेको छ ।
साथै, भारतीय सीमामा अलपत्र रहेका नेपालीलाईसमेत स्वदेश ल्याएर ‘क्वारेन्टाइन’मा राख्न आग्रह गरिएको छ ।
कांग्रेसले बेरोजगार र विद्यार्थीलाई राहत उपलब्ध गराउन, बैंक ब्याजदर घटाउन, मिनाहा गर्न वा सहुलियत दिन पनि माग गरेको छ ।
राष्ट्रियताको मुद्दामा विद्यार्थीको सडक आन्दोलनमा समर्थन रहेको भन्दै उनले लिपुलेकको विवाद तत्काल उच्चस्तरीय वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्