आगोसँग नखेल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


आगोसँग नखेल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

ताइवानमा एक पक्षीय निर्णय स्वीकार्य नहुने अमेरिकी अडान

9.529k
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई आगोसँग नखेल्न चेतावनी दिनुभएको छ ।

दुई जनाबीच बिहिबार भएको टेलिफोन संवादका क्रममा सी ले ताइवान मामिलामा अमेरिकीहरुको चासोको सन्दर्भमा त्यस्तो चेतावनी दिनुभएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले पनि ताइवान द्विपका सन्दर्भमा अमेरिकाको नीति नफेरिने भन्दै ताइवानमा कसैको एकलौटी निर्णय स्वीकार्य नहुने जवाफ दिनुभयो ।

आगोसँग जो खेल्छ ऊ पक्का जलेर खरानी हुने चिनियाँ राष्ट्रपति सीलेकाे तर्क छ । अमेरिकी संसदकी सभामुख नान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर दुई देशबीच तनाव बढिरहेको बेला सी र बाइडेनबीच टेलिफोन वार्ता भएको हो ।

अमेरिकी सभामुख ताइवान भ्रमणमा आए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी चीनले दिएको छ भने चिनियाँ सेनाले चुप लागेर नबस्ने भनिसकेको छ । दुई घण्टा १७ मिनेट लामो वार्ताका क्रममा एकले अर्कालाई थर्काउने प्रयास भएको संचार माध्यमहरुले जनाएका छन् । यद्यपी दुई नेताबीच ताइवान मामिला बाहेक अन्य थुप्रै विषयमा कुरा भएको र प्रत्यक्ष भेट्ने सहमति समेत भएको ह्वाइटहाउसले जनाएको छ ।