Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


‘कालापानीमा नेपाली सेनाको ब्यारेक राखौं, सीमामा पर्खाल लगाऔं’


0
Shares

काठमाडौं, वैशाख ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभाका प्रमुख सचेतक सांसद खिमलाल भट्टराईले कालापानीमा नेपाली सेनाको ब्यारेक राख्न र सिमानामा पर्खाल लगाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले भारतको हेपाहा प्रवृत्तिले सीमा समस्या सिर्जना भएको भन्दै सेनाको ब्यारेक र सीमामा पर्खाल लगाउन प्रस्ताव गरेका हुन् ।

सत्तारुढ दलकै अर्का सांसद रामनारायण बिडारीले नेता, सांसद र मन्त्रीले कोरोनाभाइरसको संक्रमण सारिरहेको आरोप लगाए ।

सांसद बिडारीले नेपाल–भारतको सिमानामा तारजाली लगाउनसमेत प्रस्ताव गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कूटनीतिक पहलबाट भारतले अतिक्रमित भूमि फिर्ता नगरे अन्तर्राष्ट्रिय अदालत जानुपर्ने जिकिर गरे ।

सांसद रायमाझीले भूमि अतिक्रमण फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता नगरेको र आवश्यक कदम नचालेको भन्दै आपत्ति जनाए ।

सांसद रायमाझीले अतिक्रमित भूमि फिर्ता गराउन सरकारलाई दबाबस्वरुप आवाज उठाउने पूर्वकर्मचारी, मानवअधिकारवादी र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।