बर्दिया, वैशाख ३१ । सवारी दुर्घटनामा परी बर्दियामा एकजनाको ज्यान गएको छ ।
राजापुर नगरपालिका–६ का २५ वर्षीय सोमनाथ थारुको ज्यान गएको हो ।
भे५प ४३३२ नम्बरको मोटरसाइकल र भे१च ३४३५ डेलिभरी भ्यान कोठियाघाट पुलनजिकै मंगलबार राति ठोक्किँदा घाइते भएका मोटरसाइकलचालक चौधरीको उपचारका क्रममा गुलरिया अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्