२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


रुसले ग्यास आपूर्ति कटौती गर्दा युरोपमा ग्यासको मूल्य बढ्यो


2.652k
Shares

काठमाडौं । रुसले ग्यास आपूर्ति घटाएपछि युरोपेली देशहरूमा ग्यासको मूल्य ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामै २ प्रतिशत भन्दा बढीले ग्यासको मूल्य बढेको हो । रुसले नोर्ड स्ट्रिम वान पाइपलाईबाट पठाउने ग्यासको मात्रा आधाले कटौती गरेको छ । रुसले बारम्बार ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएपछि जर्मनी लगायतका युरोपेली देशहरूको रुसबाट आयात गर्ने ग्यासको मात्रा घटाए पछि रुसले नै आपूर्ति घटाएपछि युरोपमा ग्यासको चरम संकट उत्पन्न हुने देखिएको छ ।

रुसको ग्याजप्रोम ग्यास कम्पनीले पाइपलाइन मर्मतका लागि भन्दै आपूर्ति घटाएको हो । गत वर्ष प्रति मेगावाट ३७ युरो रहेको ग्यासको मूल्य अहिले २०४ युरो पुगिसकेको छ । यो एक वर्षको अवधिमा साढे चार सय प्रतिशतको मूल्य वृद्धि हो ।

ठूलो मात्रामा रुसी ग्यास आपूर्ति नगर्ने बेलायतमा पनि बुधबारबाट ७ प्रतिशतले मूल्य वृद्धि भएको छ । रुसी ग्यास आपूर्ति कटौती हुँदा आउने वर्षको जाडो याममा युरोपमा ठूलो संकट आउने चेतावनी दिइएको छ । त्यसको असर अमेरिकामा पनि पर्नसक्ने अनुमान गरिएको छ ।