५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सुनको मूल्य घट्यो, चाँदी बढ्यो


4.043k
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।