काठमाडौं, वैशाख ३० । भारतद्वारा नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा मंगलबार साँझ नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ ।
राँके जुलुस निकाल्नेक्रममा विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पक्राउ परेकाहरुलाई बालाजु प्रहरी वृत्तमा राखिएको छ ।
विभिन्न दल आवद्ध विद्यार्थी संगठनले सीमा अतिक्रमणको विरोध गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्