नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
ललितपुर, वैशाख ३० । शताब्दीपुरुष डा. सत्यमोहन जोशी मंगलबार १०१ वर्ष पुगेका छन् । यो उमेरमा पनि जोशी आवश्यक परे देशका लागि ज्यान दिन तयार रहेको बताउँछन् ।
उनको भनाइमा सत्ता र शक्तिको लागि शासकको लुछाचुँडीका कारण नै छिमेकीलगायत विदेशीले नेपाललाई हेपेका हुन् ।
९८ वर्षीया जीवनसंगिनीका साथ शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी १०१औं जन्मदिन मनाइरहेका छन् ।
एउटा जीवित इतिहास बोकेका जोशीको मन शान्त छ । तर देशको परिस्थितिले केही विचलित र आक्रोशित पनि तुल्याएको छ ।
आवश्यक परे देशका लागि ज्यानसम्म दिन पनि आफू तयार रहेको उनी बताउँछन् ।
लिपुलेकमा भारतले हस्तक्षेप र चीनले मौनता साँधेर नेपाललाई थाहै नदिइ त्रिवेणीको सम्बन्ध तोडेको आरोप उनको छ ।
उनीहरुको उद्देश्य गलत भएको भन्दै जोशीले विगतमा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिएजस्तै अहिलेका शासककले पनि पुर्खालेजस्तै चातुर्यता, कूटनीति र शासकीय क्षमता देखाएर लिपुलेकलगायत गुमेका भूमि फिर्ता लिनुपर्ने उनको सुझाव छ ।
नभए संघर्षको लागि सबै नेपाली तयार रहनुपर्ने जोशी बताउँछन् ।
दुईओटा महाकाव्यका लेखक, कला, संस्कृति, साहित्य, इतिहास र राजनीतिका ज्ञातासमेत रहेका जोशीको जीवनीलाई लिपिबद्ध गर्न आवश्यक छ ।
विभिन्न कालखन्डको अनुभव प्रत्यक्षरुपमा भोगेका जोशीको अनुभवलाई लिपिबद्ध गर्नसके भावी पुस्ताको लागि महत्वपूर्ण हुनेछ । यसमा सरकारको ध्यान जाओस् ।










प्रतिक्रिया दिनुहोस्