रसुवा, वैशाख ३० । रसुवाबाट बर्दिया जान हिँडेका मजदुरहरुलाई नुवाकोट प्रहरीले पुनः रसुवा फर्काइदिएको छ ।
रसुवाको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत् दुई दर्जन बढी मजदुरहरु काम नपाएपछि पैदल हिँडेर बर्दिया जाँदै गर्दा उनीहरुलाई नुवाकोटबाट पुनः रसुवातर्फ नै फर्काइएको हो ।
रसुवाबाट हिँडेर दुई दिनपछि नुवाकोट पुगेका उनीहरुलाई पुनः रसुवा फर्काउँदा बिचल्लीमा परेका छन् ।
अहिले उनीहरुलाई बिहान–बेलुकी हातमुख जोड्नसमेत समस्या परेको छ ।










प्रतिक्रिया दिनुहोस्