 
	    बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो ।
वडाअध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धानगरि अदालतमा पेश गरेको थियो ।
पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । वडाअध्यक्ष सरदसिंह नेगी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्