काठमाडौं, वैशाख ३० । विवादका कारण स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधबार बस्ने भएको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार (भोलि) बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छलफलपछि बैठकको सूचना पार्टी कार्यालयबाट टेलिफोन र एसएमएसमार्फत् आएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
यसअघि, अध्यक्ष ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र दबाब बढेपछि बैठक बोलाउन सहमत भएको बताइएको छ ।
बैठक बोलाइएपनि एजेन्डाबारे भने कुनै जानकारी नदिइएको स्थायी कमिटी सदस्य ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै अधयक्षद्वयलाई पत्र बुझाएका थिए ।
त्यसपछि वैशाख २५ गतेका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले आनाकानी गरेपछि बैठक स्थगित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्