दसैँ महँगो हुने आशंका « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


दसैँ महँगो हुने आशंका


806
Shares

काठमाडौं । यसपटकको दसैँ सामान्य नागरिकका लागि सुखद् नहुने सम्भावना देखिएको छ ।

असोजमा पर्ने दसैँका लागि नयाँ वस्तु आयात गर्ने समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता अभाव र व्याजदर वृद्धिका कारण उपभोक्ताले झन् बढी महँगी झेल्नु पर्ने केन्द्रीय बैंकको सर्वेक्षणको निष्कर्ष छ ।

आर्थिक वर्ष २०७८/०७९ को चौथो चौमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको छ ।

आगामी तीन महिनामा नै बजारमा दसैँको रौनक सुरु हुन्छ । तर उक्त समयमा मूल्यवृद्धि ह्वात्तै बढेर १४.२ प्रतिशत पुग्ने अनुमान गरिएको सर्वेक्षण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।