परनिर्भरताको पराकाष्ठा : एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


परनिर्भरताको पराकाष्ठा : एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात


286
Shares

काठमाडौं । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको सामान आयात भएसँगै नयाँ रेकर्ड कायम भएको हो । अघिल्ले वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाखबराबरको वस्तु आयात भएको थियो । गत १२ महिनाको अवधिमा यति धेरै वस्तु आयात भएको छ ।

विभागका अनुसार नेपालले एक वर्षको अवधीमा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ को आयात गर्दा कुल २ खर्ब ३ करोड ९ लाखको वस्तु निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबरको सामान निर्यात भएको थियो । तथ्यांकले निर्यातको तुलना गर्दा आयातमा वृद्धि भई व्यापार घाटामा झनै चुलिएको देखाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।