३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


पाँचथरमा जडिबुटी र वन पैदावर नष्ट हुँदै, २ करोड बढीको राजस्व गुम्ने खतरा


0
Shares

पाँचथर । लकडाउनका कारण घाटगद्दी स्थानसम्म पुर्‍याउन नसक्दा पाँचथरमा काठजन्य वनपैदावर तथा जडिबुुटीहरु सड्ने अवस्थमा पुगेको छ ।

चैत र वैशाख दुई महिनामा मात्रै ५ लाख क्यूफिट काठ तथा ठूलो परिणाममा जडिबुटी घाटगद्दीसम्म ल्याउन नसक्दा २ करोड रुपैयाँ बढीको राजस्व गुम्न सक्ने राष्ट्रिय वन पैदावर व्यवसायी संघ पाँचथरका अध्यक्ष सूर्यकुमार मगरले जानकारी दिए ।

मुख्य बिक्री हुने सिजनमा वन पैदावर तथा जडिबुटीहरु बिक्री हुन नपाउँदा कृषक निराश बनेका छन् भने रोजगारीको अवसर गुम्दा मजदुर चिन्तित छन् ।

चालू आर्थिक वर्षमा काठजन्य वन पैदावर तथा जडिबुटी निर्यातबाट मात्रै १० करोड रुपैयाँ बढी राजस्व संकलन हुने अनुमान गरिएको संघले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै राजस्व बापत्त ३ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।