२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


भारतबाट आएका एक सय १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

अर्घाखाँची । भारतबाट आएका एक सय १२ जनाको कोरोना भाइरस पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल भारत सीमाकोे नौतनवाको क्वारेन्टाइनमा २६ दिन बसेर अर्घाखाँची आएर पुनः १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुको रिपोर्ट आएको हो ।

उनीहरुको पीसीआर परीक्षणका लागि क्षेत्रीय स्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनीहरुमध्ये मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा ९२ जना र सन्धिखर्क नगरपालिकाकोे क्वारेन्टाइनमा २० जना थिए ।

धेरै दिनपछि घर जान पाउँदा उनीहरु निकै हर्षित थिए । केही दिन सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।