पाल्पा । सहकारी संस्थाले फलफूल र तरकारी उपभोक्ताको घरघरमा पुर्याउने गरेको छ ।
लकडाउनको समयमा पाल्पाको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि ज्ञान केन्द्रको सहयोगमा माथागढी गाउँपालिकाको विभिन्न स्थानमा संकलन गरेका मौसमी तथा बेमौसमी फलफूल र तरकारी एक दिनको फरकमा तानसेनका उपभोक्तासम्म पुर्याएको हो ।
तानसेनका उपभोक्ताहरु गाउँको तरकारी फलफूल किन्न आ–आफ्नो घर अगाडी चोकचोकमा लाइन लागेर बस्ने गरेका छन् । सहकारीले गाउँको उत्पादन शहरमा ल्याउँदा स्थानीय पनि खुशी भएका छन् ।
कृषकको उत्पादन शहरका उपभोक्तासम्म पुर्याएर कृषकलाई उत्साहित बनाउने काम सहकारीले गर्दै आएको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार पंन्थीले बताए ।










प्रतिक्रिया दिनुहोस्