Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


लाङटाङ बस्ती संरक्षणका लागि तटबन्ध निर्माण


0
Shares

रसुवा । जलस्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय रसुवाले पर्यटकीय क्षेत्र लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट हिम पहिरो जाँदा पूर्ण रुपमा क्षति भएको यस गाँउमा पुनः बस्ती बसेपछि बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरेको हो ।

सव डिभिजन कार्यालय रसुवाले जंगली जनावर र वर्षाको समयमा खोला कटानबाट हुने क्षति तथा हिम पहिरो जस्तो ठूलो समस्या तथा सयौं मिटर माथिबाट बगेर आउने ढुंगा रोक्न तटबन्ध निर्माणले सहयोग गर्ने सिँचाइ विकास सव डिभिजन कार्यालय रसुवाका प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए ।

४२ लाख ७५ हजार रुपैयाँको लागतमा बस्ती नजिकै २ मीटर चौडा २ मीटर उचाइको एक सय ६८ मीटर लामो पर्खाल बन्दाबन्दीकै समयमा स्थानीय र बाहिरी कामदारबाट निर्माण सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।