
जुम्ला । चन्दननाथ नगरपालिका-१० निवासी लोकेन्द्रराज गिरि दुई दिन लगाएर जुम्लादेखि नेपालगन्ज पुगे ।
खासमा जुम्लादेखि नेपालगन्ज बिहान ५ बजे गाडी हिँडे साँझ ८ बजेसम्म पुगिन्छ । तर गिरिलाई कर्णाली राजर्मागको कष्टकर यात्राका कारण एक दिनमा पुग्ने गन्तव्यलाई दुई दिन लाग्यो । कर्णाली राजर्मागको पिली सडक खण्डमा बुधबार सुक्खा ढुंगा माटोससिहतको ठूलो पहिरो गएपछि झण्डै पाँच सडक अवरूद्ध भयो । उनले भने मुस्किलले सडक खुलेको थियो । पुन: बिहीबार बिहानैदेखि अवरूद्ध भयो । सयौं यात्रु अलपत्र परे । जुम्ला खण्डको नाग्मदेखि रारालिही र कालिकाको पिली खण्ड अतिजोखिम छ ।
दैलेख खण्डमा भने त्यति समस्या छैन् । यात्रालाई सहज गर्न पहिरो पन्छाउने कार्यालाई प्रभावकारी गर्नुपर्ने देखिन्छ । उनले थपे, हिँउदमा धुलो र वर्षमा हिलोले कर्णाली राजमार्गमा सधै सास्ती हुन्छ । सडक दुई लेन नभएसम्म सास्ती अन्त्य सम्भव छैन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्