१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


स्वास्थ्य क्षेत्रमा केन्द्रीत बजेट ल्याउन सांसदहरुको माग


0
Shares

काठमडौं, बैशाख २९ । आगामी बजेट कोभिड–१९ संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रीत हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै सांसदहरुले उक्त जोड दिएक हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपत् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

आम किसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्नेमा पनि उनले जोड दिए ।

बजेटलाई अनावश्यक महत्वाकांक्षी नबनाई सोमबारको आवश्यकताका आधारमा यथार्थपरक बजेट ल्याउन पनि श्रेष्ठले सुझाब दिए ।

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए ।

उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी केन्द्रीत गर्न पनि उनले सुझाए ।

सांसद बेदुराम भुसालले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्ने बजेट ल्याउन आग्रह गरे ।