नवलपरासी, वैशाख २९ । भारतीय सुरक्षाकर्मीले बिनारोकतोक नेपालीलाई सीमाबाट पठाउँदा पश्चिम नवलपरासीमा कोरोनाको जोखिम बढेको छ ।
सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई निर्वाध पठाउने गरेका छन् ।
जिल्लाका महेशपुर, गेर्मी, भूजहवा, झोलनीपुर, बलिनगर, लक्ष्मीपुर, विस्नुपुरालगायतका नाका र लुकीछिपी नेपाल आउनेको संख्या बढ्दो छ ।
यस्तै भए एक साताभित्र भारतबाट नवलपरासी भित्रिनेको संख्या करिब चार हजारको हाराहारीमा पुग्ने बताइएको छ ।
दिन–प्रतिदिन संख्या बढ्न थालेपछि स्थानीय तहहरुलाई उनीहरुको व्यवस्थापन गर्नसमेत समस्या भएको छ ।









प्रतिक्रिया दिनुहोस्