Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


उपभोक्ताको अहित हुने कुनै पनि काम नर्गन कांग्रेस नेता सिंहको आग्रह


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम उपभोक्ताहरुको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।

नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षहरु सचेत हुनुपर्ने समेत स्पष्ट पार्नुभयो । नेता सिंहले संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेता सिंहले उपभोक्ताहरुलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था पनि मिलाउनुपर्ने बताउनुभयो ।