Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


कपिलवस्तु जिल्ला ‘सिल’


0
Shares

कपिलवस्तु, वैशाख २९ । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेसँगै सोमबार (आज) साँझदेखि जिल्ला ‘सिल’ गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझदेखि आउँदो जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २०० जना बढीको स्वाब परीक्षण हुँदैछ ।

सोमबारमात्रै यशोधरा गाउँपालिकामा आठजना र बुद्धभूमि नगरपालिकामा दुई गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

यसअघि, मायादेवी गाउँपालिकामा चारजना र शुद्धोधन गाउँपालिकामा एकजना कोरोना संक्रमित भेटिएका थिए ।

उता, कपिलवस्तुको भारतीय सीमामा अलपत्र परेका झन्डै दुई हजारजनालाई आइतबार राति नेपाल प्रवेश गराइएको छ ।