
काठमाडौं । चीन सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहित ४० हजार पीसीआर रिएजेन्ट उपलव्ध गराएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम गरी चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सामाग्री हस्तान्तरण गरिन ।
जसमा ४० पीसीआर रिएजेन्ट , २० हजार थान एन ९५ मास्क , ८ लाख थान सर्जिकल मास्क , १० हजार थान सर्जिकल मास्क लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा चीनका लागि नेपाली राजदुत यान्छीले संकटको समयमा नेपालले चीनलाई गरेको सहयोगको कदर गर्दै आफुहरुले पनि यस रोगथामको समयमा सहयोग गर्न पाउदा खुसी व्यक्ति गरिन ।
प्रतिक्रिया दिनुहोस्