Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


सिन्धुलीबाट तराइ जोड्ने सीमानाकामा सिल, आवत जावतमा प्रतिबन्ध


0
Shares

सिन्धुली । उदयपुरमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सिन्धुलीले तराईका जिल्ला जोड्ने सीमा नाकाहरु सिल गरिएको छ । साथै आवतजावतमा समेत प्रतिबन्ध लगाएको छ । 

भाइरसको संक्रमणबाट जोगायन उदयपुरको कटारी नगरपालिकाबाट सिन्धुलीको दुधौंली नगरपालिकाजोड्ने सीमा क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरी दुधौंली सीमा नाकाहरुमा कडाई गरिएकोछ ।

दुधौली नगरपालिकाले कटारी बजारबाट औषधीजन्य बस्तुहरु बाहेकका सबैखाले माल समानहरुको ओसार पसार र ढुवानीमा समेत प्रतिबन्ध लगाएको छ ।

भित्री तराईमा पर्ने दुधौंली नगरपालिकाले उदयपुर,सिरहा र धनुषा जिल्ला जोड्ने सीमा नाकाहरुमा आवागमन नियन्त्रण गर्न र लकडाउनलाई व्यवहारिक रुपमा पालना गर्नको लागि कडाई गरेको हो । ।