२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो


0
Shares

काठमाडौं । आज एका बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिए ।

उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।