काठमाडौं । बन्दाबन्दी(लकडाउन) केही खुकुलो बनाइएपछि उपत्यकामा चहलपहल बढेको छ ।
तर लकडाउन पूर्णरुपमा नखुलेकाले आफुहरुले सुरक्षा व्यवस्थालाई थप चुस्त बनाएको प्रहरीले जनाएको छ ।
सरकारले बन्दाबन्दीमा पनि विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योगहरू खोल्ने निर्णय गरेसंगै उपत्यकामा सवारी चाप बढ्नुको साथै चहलपहल पनि बढेको छ ।
चहलपहल बढेसँगै महानगरीय प्रहरी कार्यालयले उपत्यकामा सुरक्षा सर्तकता अपनाएको जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल उपत्यकाको सुरक्षा अवस्था चुस्त रहेको बताउँछन ।
बन्दाबन्दी कार्यान्वयन गराउन, खुकुलो पारिएपछि त्यसको सहजिकरण गर्न र सुरक्षा व्यवस्थालाई चुस्त राख्न प्रहरी चनाखो बनेको छ ।
त्यस्तै बन्दाबन्दीको अवधिभर अनुमति प्राप्त व्यक्तिलाई मात्रै सवारी सञ्चालन गर्न दिने, पास अनिवार्य गर्ने तथा टाइम कार्डबमोजिम मात्र सवारी चलाउन दिने ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ बताउँछन् ।
केही खुकुलो बनाइएको बन्दाबन्दीले नागरिकको जनजीवनमा केही सहजता महशुस गरेका छन् । कोरोनाको महामारीबाट बच्न नागरिक र प्रहरीको सहकार्य जरुर छ ।









प्रतिक्रिया दिनुहोस्