
काठमाडौं । जनकपुर जयनगर रेल सेवालाई विस्तार गरी बिजलपुरासम्म चलाउने तयारी सरकारले गरेको छ । यससँगै दोस्रो खण्डको कुर्थादेखि बिजुलपुरासम्म रेल सञ्चालनमा आउने भएको छ ।
सरकारले जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन गर्ने तयारी गरेपछि कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको रेल विभागले जनाएको छ ।
सो खण्डमा रेल सेवा विस्तार गरेर सञ्चालनको तयारी भइरहेको छ, रेल विभागका महानिर्देशक दीपक भट्टराईले भने ‘हाल सो क्षेत्रमा निर्माण भएका पुर्वधारको अध्ययन गरेर ह्यान्डओभर र टेकओभरको लागि आन्तरिक तयारी भइरहेको छ ।’
पूर्वधारको काम करिब तयारी पूरा भएको र अब केहि सानातिना काम पूरा हुने क्रममा रहेको विभागले जनाएको छ । जयनगरदेखि बिजलपुरासम्म करिब १७ किलोमिटर विस्तार गरेर रेल सञ्चालनको लागि दुई देशबीच कुराकानी भइरहेको विभागले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्