२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


इजरायलको रोजगारी पुन: सुरू


1.963k
Shares

काठमाडौं । श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुन: सुरू भएको छ ।

कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजिकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरू भएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले साउन ८ र ९ गते सय नेपालीको उडान हुने गरी भिसा र उडान तालिका सार्वजनिक भएको जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।