कांग्रेस पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


कांग्रेस पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त


39
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।

उहाँले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको हो ।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको पदमा रहनुभएको थियो भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।