 
	    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
उहाँले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको हो ।
यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।
यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको पदमा रहनुभएको थियो भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्