Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


एकीकरण स्मृति उद्यानको शिलान्यास


0
Shares

बारा, वैशाख २७ । नेपाली सेनाले निर्माण गर्न लागेको एकीकरण स्मृति उद्यान निर्माणको शिलान्यास प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले गरेका छन् ।

बाराको जितपुरस्थित नेपाली सेनाको २८ नम्बर बाहिनी परिसरमा निर्माण भइरहेको उद्यानको शिलान्यास मुख्यमन्त्री राउतले शनिबार बिहान गरेका हुन् ।

नेपाल एकीकरणको इतिहामा मधेसको सहभागितालाई समेट्दै नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरापलिकामा एकीकरण स्मृति उद्यान निर्माण गर्न लागेको हो ।

नेपालको एकीकरण र बृटिस साम्राज्यसँग भएको युद्धका बेला अंग्रेजी फौजलाई पराजित गर्दै सीमाको रक्षामा महत्वपूर्ण भूमिका खेल्नेहरुको इतिहासलाई संरक्षण गर्न उद्यान पार्क निर्माण गर्न लागिएको हो ।

मुख्यमन्त्री राउतले नेपालको एकीकरणमा भूमिका खेल्ने मधेसीको इतिहास धेरैलाई जानकारी नभएकाले उद्यानले त्यो अभाव पूर्ति गर्ने बताए ।