 
	    काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्दै सिधा कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरिएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा रुची राख्ने अष्ट्रेलियन पर्यटकका लागि एक आर्कषक गन्तव्य भएको बताउनुभयो ।
उहाँले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई कनेक्टिभिटी नभएका कारण पर्यटक कम आएको भन्दै सिधा कनेक्टिभिटीको आवश्यकतामा जोड दिनुभयो ।
नेपालका अष्ट्रलियन दूतावासका नियोग उपप्रमुख म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि तयार रहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्