Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


लिपुलेक क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्तै कदम चालोस : प्रवक्ता श्रेष्ठ


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लिपुलेक क्षेत्रमा भारतले सडक मार्ग निर्माण गरेकोमा आपत्ति प्रकट गरेका छन् ।

एक ट्वीट गर्दै उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा भएको अतिक्रमणविरुद्ध तुरुन्तै कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

कोरोनाविरुद्ध सबै लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस्, प्रवक्ता श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छन् ।