Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी


0
Shares

काठमाडौं । सरकारले भोलिबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी गरेको छ ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने केही समय लाग्ने देखिन्छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरु बन्द थिए ।

तर, गत बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै भोलिबाट काठमाडौं उपत्यकाका अधिकाशं सरकारी कार्यालयहरु खुल्न लागेका हुन् ।

पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयमा आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ ।