उद्योगका आयको वृद्धिदर घट्यो « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


उद्योगका आयको वृद्धिदर घट्यो

ब्याजदरमा वृद्धि, उत्पादन क्षमतामा ह्रास

143
Shares

काठमाडौं । बजारको मागमा आएको कमीका कारण उद्योगको आयको वृद्धिदर व्यापक स्पमा घटेको एक एक प्रतिवेदनले देखाएको छ । अध्ययनका अनुसार आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको छ । दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत रहेको नेपाल उद्योग परिसंघले गरेको नेपालको उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययनले देखाएको हाे ।

परिसंघको अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशील हुन सरकारलाई आग्रह पनि गरे । परिसंघको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा व्यवसायको उत्पादन क्षमता उपयोग पनि खस्केको छ ।

जसका कारण उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशतमात्र उपयोग गरेको देखिन्छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।