Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


श्रीलंका र नेपालका राजपाक्षेहरू


624
Shares

काठमाडौं । उन्नाइसौँ शताब्दी युरोपको र बीसौँ शताब्दी अमेरिकी प्रभुत्वमा थियो। एक्काइसौँ शताब्दी एसियाको हुँदैछ। विश्वको आर्थिक समुन्नतिको भविष्य एसिया बन्दैछ। स्वीकार गर्नैपर्ने बाध्यता भए पनि शक्तिशाली युरोप र अमेरिकाका लागि यो सहनीय कुरा हुँदैन। यसैले एक्काइसौँ शताब्दीको इतिहास लेख्ने अवसर पाएको एसियाका लागि धारिलो चुनौती र जोखिम सँगसँगै आएको छ। सामरिक भूस्थापन भएका अथवा शासन र कूटनीतिमा स्वच्छन्द भएर उछलकुद गर्ने बानी लागेका शासकहरूद्वारा शासित देशहरूका लागि त विपत्ति मौका पर्खेर नै बसेको छ।

युक्रेनमा रुस र नेटोबीच सुरु भएको भिडन्तले समकालीन भूराजनीतिको सन्दर्भमा ल्याएको आधारभूत परिवर्तन तथा विश्व सम्बन्धमा सुरु गरेको समायोजन र पुनरसमायोजन प्रक्रियालाई बेवास्ता गर्दै स्वच्छन्द कूटनीतिको प्रयोग गर्दा पाकिस्तानका निर्वाचित प्रधानमन्त्री इमरान खानले एक्कासि फेरिएको राजनीतिक मौसममा निथ्रुक्क भिजेर अपदस्थ हुनुपर्‍यो। ‘रुस र चीनविरुद्ध साथ नदिएपछि अमेरिकी अगुवाइमा मलाई हटाउने षड्यन्त्र भयो’ ९बिबिसी १० अप्रिल २०२२० भन्ने उनको भनाइले असुरक्षा निकै बाक्लो भएको बताउँछ।

यसैगरी जहाज परिबहनको सामरिकरूपमा महत्वपूर्ण चौबाटोमा रहेको श्रीलङ्का भूराजनीतिक स्थापनको सम्वेदनशीलतालाई उपेक्षा गर्दा ७४ वर्षको जीवनमा पहिलोपटक दुर्घटना भोगेको छ। २६ वर्ष लामो गृहयुद्धमा पनि जीवन्त रहेको श्रीलङ्काको प्रजातन्त्रले शान्तिकालमा निर्वाचित शासकहरूबाटै धोका खाएको छ। परिणाममा अढाइ वर्षअघि मात्र अत्यधिक बहुमत पाएर निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीलाई असंगठित जनताको नेतृत्वहीन भिडले पदच्युत गरेको छ। जनताले ठाडो हस्तक्षेप गर्नुपर्ने असामान्य स्थिति जनप्रतिनिधि प्रणालीको असफलता हो। जनता सडकमा आएपछि राष्ट्रपति ज्यान बचाएर सिंगापुर भागे।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।