Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


ठेक्का सम्झौताको १५ दिनमै काम सुरू गर्नुपर्ने


455
Shares

काठमाडौं । प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारी र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले आसोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरू गर्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ आर्थिक वर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी २०७९ साउन मसान्तभित्र स्वीकृत गर्न पनि निर्देशन दिएको छ ।

२०७९ असोज मसान्तभित्र बोलपत्र आह्वान गरी त्यसको मूल्यांकन सकेर ठेक्का सम्झौता गर्नुपर्ने मार्गदर्शनमा भनिएको छ । तर, हरेक वर्ष बजेट कार्यान्वयन मार्गदर्शन बनाए पनि यसको कार्यान्वयन भने भएको छैन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।