२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनपछि ‘डिस्चार्ज’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, वैशाख २६ । धनगढीकी कोरोना संक्रमित एक महिला उपचारपछि निको भएर शुक्रबार ‘डिस्चार्ज’ भएकी छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् उनको लगातार दुई पटकसम्म ‘रिपोर्ट नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए ।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका वडा नम्बर–५ की ३४ वर्षीया महिलाको छपटकसम्म गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।

उनी डिस्चार्ज भएसँगै सुदूरपश्चिम प्रदेशका संक्रमित सबै पाँचजना निको भएर घर फर्किएका छन् ।