Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


धमाधम घट्दै बिमा कम्पनी


780
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरको लहर पच्टछयाउँदै बिमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् ।

हिमालय जनरल इन्स्योरेन्स कम्पनी र इभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रूपमा एकीकृत कारोबार सरु भएको छ । नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनीहरूमर्जर भएर एकीकृत कारोबार सुरू गरेसँगै नेपाली बजारमा बिमा कम्पनीको संख्या घट्ने भएको छ । हिमालय जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीहरूबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै आइतबारबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।

एकीकृत कारोबारको शुभारम्भ बिमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले औपचारिक रुपमा गर्दै बिमा कम्पनीहरूमा अस्वस्थ प्रतिस्पर्धा तथा अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व बहन गर्न नसक्ने भएकाले बिमा कम्पनीको मर्जर जरुरी भएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।