Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


राष्ट्रपति भण्डारीसित सभामुख सापकोटाको भेटवार्ता


0
Shares

काठमाडौं, वैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शुक्रबार सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोनाभाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदन्डअनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।

शुक्रबार अपराह्न ४ बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैटौं अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । रासस