एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव


221
Shares

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को अन्तिम कारोबार दिने नेप्से परिसूचक ७.९३ अकंले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७ /०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो । २०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो । लगानीकर्ताहरू भने मौद्रिक नीतिका कारण सेयर बजार घटेको बताउँछन् ।

मौद्रिक नीतिले ४ /१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सिडि रेसियोमा परिर्वतन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।