Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी पक्राउ


3.3k
Shares

बुटवल। बुटवलको गोलपार्क स्थितएक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७ बर्षिय समीक्षा गुरुङको घटनामा अनुसन्धानका लागि प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । असार २५ गते शनिबार बुटवल गोलपार्क स्थित होटल पाल्पालीमा झुन्डिएको अवस्थामा समीक्षा फेला परेकी थिईन । अघिल्लो रात एक युवकसँग आएकी गुरुङ विहान होटलमा झुन्डिएको अवस्थामा फेला परेपछि घटना रहस्मय भएको थियो । प्रहरीले समिक्षासँग होटलमा रात बिताएका प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असिम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै प्रहरीले प्रेमी असिमसँगै होटलका सञ्चालक ४३ बर्षिय रामप्रसाद अर्याललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । असार ९२५० गते शुक्रवार राति होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केको प्रहरीसँग बयान दिएका छन् । पक्राउ परेका प्रेमिले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्विकार गरेको बयान प्रहरी समक्ष दिएको डिएसपि केसीले बताउनु भयो । प्रहरीका अनुसार समीक्षा र असिम होटलको कोठा नम्बर १०५ मा रात बिताएका थिए । समीक्षा बुटवलमा घर भएपनि एसइईपछि स्टाफ नर्स पढ्ने तयारीको लागि काठमाडौँ बस्ने गरेको परिवारले बताएका छन् । काठमाडौं अध्ययनका लागि पुगेकी समीक्षा असार २३ गतेमात्रै बुटवल आइएकी थिइन् ।

बुटवलको अमर पथमा पसल गर्ने प्रेमी श्रेष्ठसँग पहिल्यैदेखि सम्बन्ध रहेको प्रहरी बयानमै बताएका छन् । असार २४ गते फोनमा कुराकानी भएपछि समिक्षा र असिम होटल गएर रात बिताएका हुन । बिहानै पसल खोल्न असिम निस्केको र होटेलमा विवरण समेत नराखेकाले खोजी गर्न निकै मिहेनत गर्नुपरेको प्रनाउ केसीले बताउनु भयो । मृतक समिक्षाका बुवा सन्दीप गुरुङले जबरजस्ती करणी गरि आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेको डिएसपि केसीले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।