म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ नं. वडाको पञ्चासेमा असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति पुर्याएको छ ।
बुधबार दिउँसो परेको असिनापानीले पाकेर भित्र्याउने बेला भएको गहुँ, मकै, सुन्तला, जौलगायतका हिउँदे बाली तथा तरकारी असिना परेर नष्ट भएको पञ्चासेका स्थानीयले बताउँछन् ।
असिनाले ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ । गाउँपालिकाले विहिबार असिनापानिले क्षति पुर्याएको ठाउँमा स्थलगत अनुगमन गरि क्षतिको विवरण संकलन गरेको छ ।
यसअघि पनि वैशाख १ गते राती रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, दग्नाममा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति पुर्याएको थियो ।









प्रतिक्रिया दिनुहोस्