Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


1.6k
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान प्रदेश-१, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिकदेखि सामान्यता बदली रहेको छ । सोही प्रदेशका केही स्थानमा भने हल्का वर्षा समेत भइरहेको छ। त्यस्तै बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यता बदली हुनेछ । त्यस्तै, देशभरका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि मौसम सामान्यता सफा हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।