चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ


16.51k
Shares

एजेन्सी । भारतका चर्चित गायक दलेर मेहन्दी मानव तस्करमा दाेषी ठहर भएपछि पक्राउ परेका छन् ।

पटियाला उच्च अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई पक्राउ गरिएको हो । उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा जिल्ला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो ।

फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

अदालतको फैसलासँगै प्रहरीले उनलाई पटियाला जेल पठाएको छ । सन् २००३ मा अवैध मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो ।

दलेर मेहन्दी र उनका भाइ शमशेर सिंहले सन् १९९८ र १९९९ को बीचमा १० जनालाई अमेरिका लगि मानव तस्कर गरेको ठहर अदालतको छ ।