राजविराज, वैशाख २५ । सप्तरीमा बिहीबार जंगली हात्तीको आक्रमणमा परी शम्भुनाथ नगरपालिका वडा नम्बर–२, भलुवाहीकी जानकी मगरको मृत्यु भएको छ ।
घरमा सुतिरहेको बेला हात्ती आएको थाहा पाएर भाग्दैगर्दा हात्तीले कुल्चेर उनको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
हात्तीले सोही ठाउँका लक्ष्मण मण्डल, बलाराम ईसरलगायत आधादर्जनभन्दा बढी बासिन्दाको घरमा तोडफोड गरेर लाखौं रुपैयाँको क्षति गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्